काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिमा उठ्ने खुलासा गरेका छन् ।
बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बने देखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन् ठुलो संवैधानिक सङ्कट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताए ।
उनले आफूहरूले तोकिएको समयमा निर्वाचन गराउने आकाङ्क्षा राखेको भए पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरे ।


