काठमाडौं । आज प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अन्तिम दिन हो । ।
आयोगले २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि निर्धारण गरेको निर्वाचन कार्यक्रमअन्तर्गत आइतबारदेखि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन सुरू गरिएको थियो ।
निर्वाचन कार्यक्रमअनुसार सोमबार कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । आइतबार केही दलहरूले समानुपातिक बन्दसूची पेस गरिसकेका थिए ।


