काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घोषित निर्वाचनलाई सफल बनाएर मुलुकलाई संकटबाट निकास दिनुपर्नेमा जोड दिएका छन् ।
सोमबार बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन्
‘पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे अब सोच्न हुँदैन,’ प्रचण्डले भने, ‘देशलाई निकास दिने अब निर्वाचनमात्रै सबभन्दा राम्रो विकल्प हो। अन्य विकल्पतिर सोच्न थालियो भने देश अर्को दुर्घटनामा पर्छ।’ प्रचण्डले निर्वाचनमा सबै दल सहभागी हुने वातावरण बन्दै गएको बताए। ।


