काठमाडौं । प्राविधिकतर्फका थप दुई उपसचिव सहसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
जस अनुसार समितिले नेपाल कृषि सेवा, वाली संरक्षण समूहतर्फ तीर्थ कुमार श्रेष्ठ र नेपाल कृषि सेवा, भेटेरिनरी समूहतर्फ डा.जितेन्द्रमान श्रेष्ठलाई बढुवाका लागि सिफारिस गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरेको हो ।


