काठमाडौं । महामन्त्री गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले आज पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दैछ ।
समितिले आज पदाधिकारीलाई बोलाएर नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा छलफल गर्न लागको हो ।
समिति सदस्य सीता गुरूङले सदस्यता वितरणलाई एउटा राष्ट्रिय अभियानका रुपमा अघि बढाउन छलफल गर्ने लागिएको जानकारी दिइन् । उनका अनुसार समितिले भ्राृत तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई दिउँसो १ बजे सानेपामा बोलाइएको छ ।


