काठमाडौं । हालैमात्र धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्ति आफ्नो रोटी सेक्ने प्रयास गरिरहेको अवस्थामा वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
जेनजी विद्रोहका क्रममा ज्यान गुमाएका युवाको बलिदान बिर्सन नहुनेसमेत उनको धारणा थियो । निर्वाचन बिथोल्न केही शक्ति सक्रिय रहेको दाबी गर्दै उनले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिए ।


