काठमाडौं ।एमालेको जारी एघारौँ महाधिवेशनमा पुनः उपाध्यक्षमा उम्मेदवारी दिएका विष्णुप्रसाद पौडेलले नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको टिमबाट उपाध्यक्षमा उठेका उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नेतृत्वलाई प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।
‘हामी यतिबेला हाम्रो पार्टी नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनोटको महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ’, पौडेलले लेखेका छन्, ‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा निति र कार्यक्रमहरूलाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठनमार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नुपर्दछ।’


