काठमाडौं ।मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो।
आज एक तोला सुनको मूल्य २ लाख ५९ हजार कायम भएको छ ।
सुनको मूल्य घटे पनि चाँदीको भाउ भने वृद्धि भएको छ। महासंघका अनुसार एक तोला चाँदीको मूल्य ३ हजार ८८५ रुपैयाँ तोकिएको छ।


