काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार रहेका नेपाली कांग्रेसका नेता सुनिल थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्।
२०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसबाट धनकुटामा उम्मेदवार बनेका थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए ।
२०७९ फागुनमा पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनको सल्लाहकार बनेका थापा राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न राजीनामा दिएका हुन् ।
थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा तथा कांग्रेसका पूर्वसहमहामन्त्री हुन्।


