काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रममा संशोधन गरिएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंसिर २७–२९, २०८२ मा आयोजना हुने महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि समयतालिका परिमार्जन गरेको हो।
यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो ।
अब साँझ ७ बजेबाटै मतदानको काम सक्ने र रातभरमै निर्वाचनका कार्यक्रम सक्ने तयारी गरिएको छ।


