काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदानको तयारी पूरा भएको छ ।
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मतदान सुन हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् ।
विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो । विद्युतीय मेसिनहरु मतदानका लागि तयार भइसकेको र आफूहरु मतदान गराउन तयारी अवस्थामा रहेको प्राविधिक लक्ष्मण रिमालले बताएका छन् ।
उनका अनुसार मतदान सुरु गर्न प्राविधिक टोली तयार भइसकेको छ ।


