काठमाडौं । नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा चार जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वसचिव अर्जुनबहादुर कार्की,सहसचिव तथा तत्कालीन सदस्य सचिव लेखबहादुर , थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेपाविरुद्ध ठगी मुद्दा दायर गरेको हो । जिल्ला अदालत, काठमाडौँमा दर्ता गरिएको मुद्दामा तीन जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ।
उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको खुलेको छ। यसरी गरेको सम्झौता नियम संगत नदेखिएको र ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानको निस्कर्ष छ।


