काठमाडौं । उच्च अदालत बुटवलले रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।
जिल्ला अदालत रुपन्देहीले आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रिहा नगरेपछि लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा थुनामुक्तिका लागि निवेदन दिएका थिए।


