काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंबाट जित्ने सुनिश्चित भए पनि यसपटक आफू आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन्।
शनिबार काठमाडौंमा सर्लाहीका युवाहरूसँगको छलफलका क्रममा उनले काठमाडौंमा आफू सहजै जित निकाल्ने अवस्थामा रहेपनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन्।
आफू सो क्षेत्रमा निर्वाचित भए पाँच वर्ष मधेशका लागि आफ्नो काम समर्पित गर्ने सभापति थापाले बताए। उनले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीबाट आफूले जनताको समस्या सुन्ने उल्लेख गरे।


