काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक डिबेट ९सार्वजनिक बहस० का लागि आफू तयार रहेको बताएका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो जानकारी गराएका हुन् ।
झापा ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ओलीले आफू निर्वाचनका एजेन्डाका विषयमा सार्वजनिक बहसका लागि तयार रहेको बताएका हुन्। उनले फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्नेसमेत बताएका छन्।


