काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र टिकट वितरणलाई लिएर देखिएका असन्तुष्टिहरू अधिकांश संवादबाटै हल गरिएको दावी गरेका छन् ।
उनले आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।
प्रचण्डले ‘जेन्जी आन्दोलन’ र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै सुध्रिएको बताए। अन्य पुराना दलहरूको तुलनामा नेकपाको अवस्था सकारात्मक रहेको र युवा पुस्ताले पनि तीन प्रमुख दलमध्ये नेकपा र यसको नेतृत्वलाई फरक रूपमा हेर्न थालेको उनको भनाइ छ।


