काठमाडौं । नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठकले निर्वाचन आयोगले लिएको निर्णयको स्वागत गर्दै लोकतन्त्र र विधानको विजय भएको बताएको छ।
शनिबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले जारी गरेको निर्णयमा यो प्रक्रिया कसैको जित(हार नभई विधि र लोकतान्त्रिक अभ्यासको सफलता भएको उल्लेख गरिएको छ।
बैठकले पार्टीभित्र एकता, सद्भाव र सहकार्यको आवश्यकता औँल्याउँदै देश(विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समिति तथा भातृ एवं शुभेच्छुक संस्थालाई फागुन २१ गते हुने निर्वाचनमा नवीन ऊर्जा र पूर्ण एकताका साथ सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ।
त्यस्तै, विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका वा पार्टी छाडेका सबै नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा जोडिन बैठकले हार्दिक अपिल गरेको छ।


