काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई रूपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका हुन् ।
बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा
प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए ।
उनले अघिल्लो निर्वाचनको तुलनामा यसपटक १६५ क्षेत्रमध्ये १०६ ठाउँमा नयाँ अनुहार पठाएको उल्लेख गरे । महिला उम्मेद्वारको संख्यापनि केहि धेरै राखिएको र आगामी दिन अझै बढाएर जाने उनको भनाइ छ । उपसभापति शर्माले पार्टीभित्र सबै पक्षलाई सन्तुलन मिलाएर सवैलाई न्यायोचित तवरले टिकट वितरण गरेको दावी गरे ।


