काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई सुन तस्करसरह दुःख दिने र अपमानजनक व्यवहार गरेको आरोप लगाएका छन्।
गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौँ फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करसरह व्यवहार गरिएको उनको गुनासो छ।निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।
अध्यक्ष ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको भन्दै देशलाई जिताउने पक्षमा उभिन सबैलाई आह्वान गरे । नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको अध्यक्ष ओलीको भनाइ छ ।


