काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचन कुनै पनि हालतमा नरोकिने दावी गरेका छन् ।
शनिबार बिहान संखुवासभाको खाँदबारीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब निर्वाचनको विकल्प नभएको धारणा राखेका हुन्।
यस क्रममा प्रचण्डले प्रतिनिधि सभा निर्वाचन तोकिएकै मिति फागुन २१ गते यही सरकारले सम्पन्न गराउने दाबी पनि गरे। संविधान संशोधनबारे उनले निर्वाचनपछि पहिचानका सवाल, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था तथा वर्तमान निर्वाचन प्रणालीसँग सम्बन्धित विषयमा आवश्यक परिमार्जन गरिने बताए।


