काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ ।
आयोगले जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिल्लास्तरमा आचारसंहिता अनुमगनको जिम्मेवारी तोकिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक बिषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ । आचारसंहिता, यही माघ ४ गतेदेखि लागू भएको हो ।


