काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको चुनावी क्षेत्र डडेल्धुरामा यसपटक युवा नेता नैनसिंह महरलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ।
देउवाले चुनाव नलड्ने घोषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा चुनाव लड्न कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो। २०४८ देखि ०७९ सम्म सातवटा संसदीय निर्वाचनमा देउवा अपराजित रहेको डडेल्धुरामा कांग्रेसले अन्ततः उनका विश्वासपत्र महरलाई चुनावी मैदानमा पठाएको हो।


