काठमाडौं । नेपाली कांग्रेसको भर्खरै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित भएका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन हुन नसक्ने बताएका छन् ।
उनले आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा फागुन २१ गतेको निर्वाचन र त्यसपछि हुने राजनीतिक गतिविधिका कारण आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्न नसकिने बताएका हुन् ।
२०८३ पौष मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्ने गरी तयारी गरिने उनले बताए । उनले विशेष महाधिवेशनपछि पार्टी एकजुट भएर निर्वाचनमा अघि बढेको दाबी गर्दै दूरगामी सोचका साथ घोषणापत्र जारी हुने उल्लेख गरे ।


