काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले सहकारी पीडितको जिम्मा राज्यले नै लिनुपर्ने बताएका छन् ।
‘करोडभन्दा बढी बचतकर्ताको अहिले बिचल्ली भएको छ । राज्य आम नागरिकको जिम्मेवार निकाय हो । राज्यले त्यसको जिम्मा लिनुपर्छ । राज्य भनेको राज्यको मातहतमा रहेका जसले राजकीय अधिकार प्रयोग गर्छ । जसले राजकीय अधिकार प्राप्त गर्छन्, ती सबै जिम्मेवार हुनुपर्छ,’ मन्त्री इङ्नामको भनाइ छ ।
राज्य आम नागरिकको जिम्मेवार निकाय भएकाले नागरिकको सम्पती सुरक्षणको जिम्मा राज्यले लिनैपर्ने मन्त्री इङ्नामको भनाइ छ । उनले सहकारीमा बचत गर्नेहरू मात्रै नभई ऋणीहरू समेत डुबेको बताए ।


