काठमाडौं । काठमाडौंको मूलपानीमा प्रहरीले लुटेरा समूहमाथि गोली प्रहार गरेको छ । गएराति लुटेरालाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएको हो ।
गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाएको प्रहरीले बताएको छ ।
रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।


