काठमाडौं । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत र सव–इन्जिनियरविरुद्धअख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले उनीहरुले विद्यालय निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको हो ।
आयोगले बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन अवस्थाका प्रधानाध्यापकसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सव इन्जिनियरलाई प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरेको हो ।


