काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा काम गर्ने जिम्मेवारी पाएकी छिन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका उनलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
यस्तै सुतिखोला जलविद्युत आयोजना, तामाकोशी, माथिल्लो संखुवासभा लगायतका आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृत दिने निर्णय पनि भएको सरकारका प्रवक्ता गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।


