काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावमा उम्मेदवार बन्ने वर्तमान मन्त्रीहरूले तत्कालै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। उनले शुक्रबार विराटनगरमा पत्रकारसँग कुरा गर्दे यस्तो धारणा राखेका हुन् ।
उनले यो सरकार निर्वाचन गराउने म्याण्डेट बोकेर बनेकाले सरकारमा बसेर उम्मेदवार हुन नपाइने बताए । उनले यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेटमा यसअघि नै यसबारे कुरा उठाएको बताए ।
उनले भने, ‘जो मन्त्रीहरू निर्वाचनमा उठ्दै हुनुहुन्छ, उहाँहरूले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्छ। मन्त्री पदमा बसेर चुनाव लड्दा निर्वाचनको निष्पक्षता सुनिश्चित हुन सक्दैन।’


