सिबिआईद्वारा फेक रेस्क्यू आरोपमा ६ जना पक्राउ
काठमाडौं । पर्यटकको फेक रेस्क्यू कागजात बनाएर ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले आज पत्रकार सम्मेलन गरी फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
सीआईबीले अदालतबाट पक्राउ अनुमति लिएरआजै जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई पक्राउ गरिएको जनाएको छ। उनीहरूमाथि राष्ट्रहित कसुरमा, आपराधिक लाभको कसुर र संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी छ ।
जयराम र विवेक माउन्टेन रेस्क्यू सर्भिसका, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसी हुन् ।


