काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एवं अरु आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।
न्यायाधीशहरु खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले २०८१ माघ २ गते ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।


