काठमाडौं नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई लगाइएको स्थान हद फुकुवा भएको छ। भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकमाथि लगाएको स्थान हद बिहीबार फुकुवा गरेको हो।
आयोगको सचिवालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै अनुसन्धानका लागि लिइएको पूर्व निर्णयअनुसारको कार्य सम्पन्न भइसकेकाले लेखकको विदेश भ्रमणमा लगाइएको रोक्का फुकुवा गरेको जानकारी दिएको हो।


