काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनाव आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।
अध्यक्ष ओलीले बुधबार काठमाडौंमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो दावी गरेका हुन्
अझै पनि एमाले र कांग्रेस एक भएर चुनावमा जाने निर्णय गरे तोकिएको समयमा निर्वाचन गर्न नदिने धम्की सुनिएको उनले बताए ।
उनले नयाँ भनिएका केही दलहरूले आगामी २० वर्षसम्म पनि चुनाव जित्न नसक्ने तर्क गरे । अध्यक्ष ओलीले वर्तमान सरकार चुनावी वातावरण बनाउन छाडेर हेटौँडामा घर भत्काउन लागेको बताए । उन्माद र नशामा देश बन्न नसक्ने भन्दै उनले देश बनाउन सही व्यक्ति आउनुपर्ने उल्लेख गरे ।


