काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न लागिपरेको बताएका छन् ।
उनले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो खुलासा गरेका हुन् । उनले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको बताए ।
सोही आवश्यकताको आधारमा विभिन्न १७ वटा साना–ठूला कम्युनिस्ट घटकलाई समेटेर नेकपा बनाएको उनले बताए । जेनजी युवाहरूले आफ्ना विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको भनि बुझ्न थालेको उनको भनाइ छ ।


