काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एमालेतिर लक्षित गर्दै कांग्रेसमा कोही बा छैनन् र बा ले नबोल भन्दैमा नबोल्ने कांग्रेस होइन भन्दै दास र लासहरुको पार्टी नभएको टिप्पणी गरेलगत्तै महासचिव शंकर पोखरेलले त्यसपति कडा प्रतिवाद गरेका छन् । उनले गगनप्रति लक्ष्य गर्दै भूराजनीतिक स्वार्थका सामु झुक्नु कायरता भएको जवाफ दिएका छन् ।
देश, संविधान र लोकतन्त्र नै सङ्कटमा परेको अवस्थामा उत्सव मनाउने सोचप्रति प्रश्न उठाउँदै उनले त्यसलाई नैतिक विचलनको संज्ञा दिएका छन् ।
महासचिव पोखरेलले भनेका छन्– ‘भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता हो, त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो। विध्वंस, अराजकता र आतङ्कका सामु झुक्नु कायरता हो,त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो। संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै सङ्कटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र रु’


