काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको जानकारी दिएको छ ।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ ।
‘साँझ ६: ३० बजेदेखि ७: ३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । अब समय थप हुँदैन । मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजनिक गर्दैछौँ,’ उनले भने, ‘राति मतदान हुँदैन । भोलि बिहानबाट कार्यक्रमहरूलाई निरन्तरता दिन्छौँ ।’


