काठमाडौं । आसन्न निर्वाचनको लागि प्रत्यक्षतर्फका उमेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक बस्दैछ ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।
यही माघ ६ गते देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । सोहीअनुसार एमालेले उमेदवारको टुंगो लगाउन लागेको हो ।
तल्लो तहका कमिटीहरूले आकांक्षीका नाम छनोट गरी यसअघि नै एमाले केन्द्रमा सिफारिस गरिसकेका छन् ।


