काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भीड लागेपछि उनले डिस्चार्ज गर्न आग्रह गरेका थिए ।
अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा। गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । सेलुलाइटिस भएका लामिछाने त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए ।


