काठमाडौं । सर्वोच्च अदालतले कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारी र तुलसीराम बुढामगरको भ्रष्टाचार मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ ।
अख्तियारले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पूर्व मन्त्री रञ्जिता श्रेष्ठ संलग्न रहेको घुस काण्डमा प्रतिवादी रामचन्द्र अधिकारी र तुल्सीराम बुढा मगरमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको थियो।
यस्तै, तत्कालीन कार्यालय प्रमुख रामचन्द्र अधिकारीमाथि बिगो रु ५३ लाख र तुल्सीराम बुढा मगरमाथि बिगो रु ७८ लाख कायम गरी कैद, जरिवाना तथा घुस तथा रिसवत जफतको माग दाबी सहित विशेष अदालतमा असोज २२ मा आरोप पत्र दायर गरेको थियो ।


