काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित ७ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले मंगलबार उनीहरूलाई सफाइ दिएको हो।
अदालतले बोलपत्र स्वीकृत गरेको कार्यलाई बदनियत मान्न सकिने आधार नदेखिएको स्पष्ट पारेको छ । अदालतको फैसलामा भनिएको छ – ‘रकम हानिनोक्सानी तथा दुरुपयोग गरे गराएको भनी मान्न सकिने अवस्था पनि देखिएन ।‘
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


