काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनअघि कुनै पनि दलसँग गठबन्धन नहुने प्रष्ट पारेको छ ।
बिहीबार कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिए।
संसद् पुनर्स्थापना लगायतका विषयमा चलेका हल्लाको विषयमा नलाग्न आग्रह गर्दै कांग्रेस पूर्ण रूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको बताए। ‘हामी सम्पूर्ण रुपमा चुनावी प्रणालीमा गईरहेका छोँ। हामी चुनावमा नै विश्वास गर्छौँ। पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ,’ चालिसेले भने, ‘यही बीचमा कतिपय भेटघाट, अदालती कुरालाई लिएर अयन्त्र ध्यान मोड्ने कुरामा हाम्रो कुनै टिप्पणी छैन।’
निर्वाचनबाट ध्यान मोड्न त्यस्ता प्रयास भइरहेको उनको भनाइ थियो। उनले निर्वाचन अवधिभर कुनै पनि किसिमको गठबन्धन नहुने र


