काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती र जनताले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै ‘डिजिटल गभर्नेन्सुको आवश्यकता औंल्याएका छन्।
सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले आम नागरिकका लागि सामान्य सरकारी सेवा लिनु पनि हैरानीको विषय बनेको उल्लेख गरेका छन्। हालको प्रशासनिक संयन्त्रको आलोचना गर्दै उनले भनेका छन्, ‘कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ! आम नागरिकलाई कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ।’
थापाले अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन्। उनले ’न्यूनतम सरकारी निकाय, अधिकतम सुशासन’को सिद्धान्त अनुरुप अघि बढ्नुपर्ने बताए।


