काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति सुधार गर्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
विकासको गति सुधार गर्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने बहस गर्नुपर्ने बेला छिटो काम नगरे रुखमा झुन्ड्याइदिन्छु भन्ने सोच सुनिएको सभापति थापाले बताए । ‘यस्तो बहस छाडेर अहिले काम नगरे रुखमा झुन्ड्याइदिन्छु ! हामीले सुनेका भाषा अथवा सोचहरू सुनिन्छन्,’ सर्लाहीमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने ।
केही दिनअघि रास्वपाले सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै २ वर्षमा सक्नुपर्ने काम २० वर्षसम्म नसक्ने प्रवृत्ति रहेको बताउँदै रास्वपाले डेढ वर्षमै सकाउने बताएका थिए


