काठमाडौं । आज दिउँसो १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची छ।
प्रधानमन्त्री कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकोसमेत कार्यभार सम्हाल्दै आएकी छन्।
राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यसैगरी, आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूचीसमेत छ।


