काठमाडौं । बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमबार राति ढाका पुगेका छन्।
उनलाई मोहम्मद नजरुल इस्लामले भव्य स्वागत गरेका थिए। बंगलादेशमा सम्पन्न १३ औँ संसदीय निर्वाचनपछि गठन हुन लागेको नयाँ सरकारको स्वागतका लागि नेपालले उच्चस्तरीय प्रतिनिधित्व पठाएको हो।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशमा सफलतापूर्वक संसदीय निर्वाचन सम्पन्न भएकोमा त्यहाँको सरकार र जनतालाई बधाई दिएकी थिइन्।


