काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार तत्कालीन महाप्रबन्धक रहेका पौडेल पौडेलसहित तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन नायब महाप्रबन्धक महेश प्रसाद काफ्ले, तत्कालीन उत्पादन महाशाखा प्रमुख सञ्जय कुमार लाल, तत्कालीन भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, तत्कालीन क्लिंकर उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी र तत्कालीन बिक्री विभाग प्रमुख रामबहादुर जीसीविरुद्ध मुद्दा दायर गरिएको छ।
जसको लागत मूल्य ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा रहेको आयोगले आइतबार जनाएको छ।


