काठमाडौं । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । ८ जनाको घटनास्थलमा र अन्य ५ जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
बैतडीको पुर्चौडी नगरपालिका-७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी(७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो ।
दुर्घटनामा घाइते भएका ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


