काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको लडाइँ सत्ताका लागि नभई देशको भविष्य र नयाँ पुस्ताको सपनाका लागि भएको दावी गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले नयाँ पुस्ता (जेनजी) र राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै यस्तो जिकिर गरेका हुन् ।
इतिहासका धेरै मोडहरूमा जनतासँगै हिँडेको स्मरण गर्दै प्रचण्डले । सम्बोधनका क्रममा उनले आफ्नो जीवनलाई एउटा खुला किताबको संज्ञा दिँदै आफ्नै आँखा अगाडि जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाउनुपरेको पीडा पोखे ।
जीवनको अन्तिम समयमा साथ छाडेर गएकी जीवनसंगिनी र हजारौँ सहयोद्धाको बलिदानलाई स्मरण गर्दै उनले एक मानिसले जीवनमा गुमाउन सक्ने सबै कुरा आफूले गुमाइसकेको बताए ।
नयाँ पुस्ताले उठाइरहेको भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारको माग जनयुद्धकै एजेन्डा भएको दाबी प्रचण्डले गरे ।


