काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्तमा सम्झौता गरेर अब आफ्रनो पार्टी कुनै र कहिल्यै सरकारमा नजाने बताएका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र–५ को क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले सिद्धान्त, मूल्य र मान्यतामा सम्झौता गर्नु परे अब कांग्रेस एउटा नभई पाँच वटा सरकारमा नजाने दावी गरे ।
सभापति थापाले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर कांग्रेसले निर्वाचन पछि देश विकासको नयाँ अध्याय शुरु गर्ने समेत जिकिर गरे । उनले कांग्रेसले देशलाई सम्हाल्ने कामको नेतृत्व गर्न चाहेको समेत बताए


