काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेकपा परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले केही दलहरूले आफूलाई नयाँ भन्दै भ्रम छर्न खोजेको भन्दै उनीहरूसँग कुनै नयाँ मुद्दा नरहेको बताएका हुन् । नयाँ र पुरानोको निधो विचार, एजेन्डा र संघर्षले गर्ने उनले बताए ।
उनले निर्वाचन नजिकिँदै जाँदा सक्रिय भएर प्रचार गर्न सके नेपाली कम्युनिस्ट पार्टी नेपालमा एक चोटि फेरि पहिलो पार्टी बन्ने पुरै सम्भावना रहेको दाबी गरे ।


