\
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते नै एकै पटक चुनाव हुने बताएकी छन् । भक्तपुरस्थित जनक शिक्षामा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै तोकिएकै मितिमा चुनाव हुने बताइन् ।
‘निश्चिन्त मान्नुस्। चुनाव एकैदिन हुन्छ। दुई चोटि कहीँ हुनेवाला छैन। तोकिएकै मितिमा चुनाव हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
उनले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको दिन मौसम पनि राम्रो हुने दाबी गरिन्। ‘मैले जे-जे गर्दै गइरहेको छु, सबै राम्रो हुँदै गएको छ। त्यस दिन निर्वाचन पनि हुन्छ। मतदान पनि हुन्छ। मतपरिणाम पनि आउँछ। त्यसपछि म हस्तान्तरण गरेर आफ्नो घरतिर जान्छु,’ उनले भनिन्।


